सेरेको भुतसंग जम्काभेट




 सेरेको भुतसंग जम्काभेट

एकपल्ट शेरे बजारबाट फर्किदा रात परिसकेको रहेछ अनि उस्को घरसम्म पुग्न मसानघाटको बाटो हुँदै जानुपर्ने रहेछ । शेरे लाई एकदम डर लागेछ र मसानघाट सम्म पुगेपछी गाडीमा लिफ्ट माग्ने निधो गरेछ तर अफसोच कुनै गाडीले पनि लिफ्ट दिन मानेनछ अनि एउटा गाडी भने निकै स्लोमा आइरहेको रहेछ अनि तै मौका पारेर सेरे गाडीभित्र छीरेछ तर गाडिमा भने ड्राइभर नै रैनछ , गाडी मात्र गुडिरहेको रहेछ अब झन सेरेको मुटुमा ढ्याङ्गरो बज्न थालेछ तर जे परेपर्छ भनेर  त्यै  गाडीमा बसेछ एकछिन पछी पेट्रोल पम्प आएछ र गाडी बिस्तारै रोकिएछ , पेट्रोल पम्पबाट सेरेको घर नजिकै भएकाले उ गाडीबाट ओर्लिएछ । एकछिन पछि एउटा मान्छे फेरी तेस गाडीमा चढ्न आएछ अनी उस्ले त्यो मान्छेलाई उक्त घटनाबारे बताउने निधो गरेछ र भनेछ " दाई दाइ ! यो गाडिमा नजानुहोस् अघि भर्खर म मसानघाटको बाटो यै गाडीमा आको यो गाडी त भुतले चलिराथ्यो , झण्ड म बचेर आए " उक्त मान्छेले शेरेलाई एक झापड हानेछ र भनेछ " साले तेल सकिएर म भने गाडी धकेल्दै आइराथे त साले गाडीभित्र बसेर लोड बढाईराथिस ? "
         

        गधाकोकथा
  एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ 
 पहिलो गधा :- यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ । 
दोश्रो गधा :- त्यसो भए भागेर जान त ! किन त्येसको मा बसिरको त अझै पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!! 
 दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
 पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही केही बदमासी गरीभने  बदमसी नगर अझ धेरै बदमासी गरीसभने  तेरो बिहे गधा सँग गरिदिन्छु भन्छ बस !! 
यही आशामा बसेको छु यार 

रमाइलोको लागीमात्र
मनपरेमा सेयर गर्नुहोला

Latest News

Nepal Clinches Historic Second T20I Victory Over West Indies

Nepal’s national T20I cricket team achieved a remarkable feat by securing their second consecutive victory over the West Indies in the ong...